२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

नेपालमा थप २८ जनामा कोरोना पुष्टि, ९ जना निको भए

नेपालमा थप २८ जनामा कोरोना पुष्टि, ९ जना निको भए

काठमाडौं । पछिल्लो समय नेपालमा पुनः कोरोना संक्रमितहरु बढ्न थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै पनि २८ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३७६ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२ हजार १२० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७ जना र १ हजार २५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ११ लाख १९ हजार ५०९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ जना संक्रमितहरु कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६७ हजार १५४ पुगेको छ । हाल नेपालमा १ सय ७ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com