२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

काठमाडौंको फोहोर व्यवस्थापन गर्न एमालेले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौंको फोहोर व्यवस्थापन गर्न एमालेले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेका सांसद् कृष्णगोपाल श्रेष्ठले सिसडोलबासीको मागप्रति गम्भीर हुँदै काठमाडौंको फोहोर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभा बैठकको बुधबारको बैठकमा श्रेष्ठले लामो समय फोहरको समस्या समाधान नहुदा काठमाडौं दुर्गन्ध र फोहोरले आक्रान्त भएको भन्दै बलप्रयोग गरेर नभई वार्ता र सहमतिमार्फत नै फोहर व्यवस्थापन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको हो ।

उनले अब धेरै दिन काठमाडौंवासीले सहन नसक्ने भन्दै तत्कालै फोहोरको व्यवस्थापन हुनुपर्ने धारणा राखे । श्रेष्ठले फोहर व्यस्थापनका बिषयमा सम्बन्धीत मन्त्रीले जवाफ दिनुपर्ने र यसमा सभामुखले रुलिङ गर्नुपर्ने माग गरे ।

काठमाडौं महानगरमा प्रतिनिधि छनौटसम्म फोहोर व्यवस्थापनमा धैर्य राख्ने जनताप्रति सम्मान व्यक्त गर्नुपर्ने उनले बताए । तर निर्वाचनको परिणाम आइसकेपछि पनि फोहर व्यवस्थापन नहुनु दुखद भएको उनको भनाई छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com