२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

कर्णाली सरकारको नीति तथा कार्यक्रममा ‘६ ब’ को सूत्र (पूर्णपाठसहित)

 

जनसेवा न्युज डटकम संवाददाता

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा कतिपय पुराना कार्यक्रम दोहोरिएका छन् । यस्तै मुख्यमन्त्री जीवनबहादुर शाहीले अघि सार्दै आएको विकाससम्बन्धी ‘६ ब’ अर्थात बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार भन्ने सूत्रलाई नीति तथा कार्यक्रममा समेटिएको छ । उनले यसैलाई नै कर्णाली विकासको प्रमुख आधारका रुपमा मान्दै आएका छन् । मुख्यमन्त्रीको यही सूत्रलाई मुल उद्देश्य ठानेर विगत बर्षका सफल नीति तथा कार्यक्रमलाईसमेत निरन्तरता दिइएको उल्लेख गरिएको छ ।

मुख्यमन्त्रीसँग जोडिएर आएका अधिकांश पुराना कार्यक्रमहरुलाई पनि निरन्तरता दिइएको छ । यसअघि लोकप्रिय मानिएको ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरीको’ कार्यक्रमलाई यो पटक पनि निरन्तरता दिएको छ । सरकारले उपलब्धिका रुपमा यही कार्यक्रमका लिँदै आएको छ । अघिल्लो पटक निकै लोकप्रिय मानिएको कर्णाली उज्यालो कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ ।

खेलकुद पूर्वाधारका क्षेत्रमा र प्रदेश रंगशालालाई निरन्तरता दिइएको छ । पश्चिम सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको अस्पतालका रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश सरकारले कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गरिने नीति, कार्यक्रममा समेटिएको छ । संघीय सरकाले ल्याएको बजेटकै जगमा रहेर सुर्खेतको रामघाटमा बन्ने विमानस्थललाई समन्वयकारी भूमिका खेल्ने बताइएको छ । प्रदेशको परम्परागत कृषि प्रणालीलाई परिवर्तन गरी आधुनिक, व्यावसायिक, प्रतिस्पर्धात्मक, उच्च मूल्ययुक्त र जलवायुमैत्री बनाई प्राङ्गारिक प्रदेशको रूपमा विकास गर्न आवश्यक नीतिगत तथा संस्थागत व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै सबै किसान तथा व्यवसायी लाभान्वित हुने र उत्पादन लागत घटाउने गरी कर्णाली कृषि क्षेत्र सहयोग प्रणाली कार्यान्वयन गरिने पनि उल्लेख गरिएको छ । कृषि क्षेत्रमा उल्लेखनीय कार्य गर्ने व्यावसायिक कृषकलाई ‘मुख्यमन्त्री कृषक सम्मान’ कार्यक्रमबाट सम्मान गरिने उल्लेख गरिएको छ । यस्तै वन क्षेत्रको विकासका लागि केही नयाँ कार्यक्रम ल्याइएको छ ।
‘दिगो वन व्यवस्थापनः स्वच्छ र समृद्ध जीवनयापन’ भन्ने सोचको कार्यान्वयन गर्न वन पैदावारको सहज र सरल आपूर्ति, वन क्षेत्रबाट हुने राजस्व सङ्कलनमा अभिवृद्धि र वन सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन पद्धति अवलम्बन गरिने उल्लेख छ । उपयोगी र मूल्यवान प्रजातिका बिरुवा उत्पादन, वितरण तथा वृक्षारोपण कार्यलाई अभियानको रुपमा अगाडि बढाउन आर्थिक वर्ष २०७९÷८० लाई ‘कर्णाली वृक्षारोपण वर्ष’ घोषणा गरी कार्यक्रम कार्यान्वयन गरिने पनि नीति तथा कार्यक्रममा भनिएको छ ।

पूर्वाधारका क्षेत्रमा वडादेखि स्थानीय तहको केन्द्रसम्म र पालिकाको केन्द्रदेखि नजिकको राजमार्ग तथा मुल सडक जोड्ने सडकलाई बाह्रै महिना सञ्चालन हुने गरि वातावरणमैत्री सडक निर्माण र स्तोरन्नती गरिने नीति तथा कार्यक्रम समेटिएको छ ।

 

कर्णाली सरकारले नीति तथा कार्यक्रमको पूर्णपाठ : 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com