२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

मकवानपुर गोल्डकप : घरेलु टोली विजय युथ क्लब फाइनल प्रवेश

मकवानपुर गोल्डकप : घरेलु टोली विजय युथ क्लब फाइनल प्रवेश

मकवानपुर । मकवानपुरको हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबलमा घरेलु टोली विजय युथ क्लब हेटौंडा फाइलनमा प्रवेश गरेको छ । आजबाट सुरू भएको सेमिफाइनल खेलमा बिजयी हुँदै विजय युथ क्लबले फाइनलको यात्रा तय गरेको हो ।

हेटौंडा–५ को पिप्ले रंगशालामा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई शुन्यविरुद्ध एक गोल अन्तरले पराजित गर्दै घरेलु टोली विजय युथ क्लब फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगितामा विजय युथका विदेशी खेलाडी पेपेले गरेको गरेको गोल नै निर्णायक बनेको थियो । खेलको म्यान अफ दि म्याच घोषित हुँदै उनले नगद १० हजार प्राप्त गरे । विजय युथले अब भोलि हुने प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलको विजेतासँग जेठ ३० गते फाइनल खेल खेल्नेछ ।

दोस्रो सेमिफाइनल खेलमा भोलि अन्तर्राष्ट्रिय क्लब एनिनियर एफसी क्यामरुन र त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुने छ । प्रतियोगिताको विजेताले उपाधिसँगै १५ लाख रुपैयाँ नगद र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै व्यक्तिगत विधामा उत्कृष्ट हुनेलाई पनि २५ हजार नगद र ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले बुलेट मोटरसाइकल प्राप्त गर्नेछ । प्रतियोगितामा देशका शीर्ष क्लबसहित १२ टोलीको सहभागिता रहेको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com