२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

प्रचण्डलाई हैसियतमा रहेर बोल्न ओलीको सुझाव

प्रचण्डलाई हैसियतमा रहेर बोल्न ओलीको सुझाव

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हैसियतमा रहेर बोल्न सुझाव दिएका छन् ।

शुक्रबार एमाले विराटनगरले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दैै ओलीले प्रचण्डलाई आफ्नो हैसियत हेरेर अरुको हैसियत नाप्न सुझाव दिए ।

उनले भने, ‘कांग्रेसले घमन्ड नगरोस् नत्र एमालेकै हालत बनाइदिउँला भनेर एक जना नेताले भाषण गरेछन् । ती नेताको हाइट कतिको छ भनेर हेरेको त घुँडा घुँडा मात्रै रहेछ ।’

ओलीले पाँच दलीय गठबन्धन नहुँदा धुलोपिठो हुने भएकाले अहिले नै गठबन्धन नटुट्ने पनि बताए । साथै, ओलीले आफूलाई साँढे र अरूलाई बाख्रासँग तुलना गरेका छन् ।

उनले भने, ‘साढेसँग लड्न सक्दिन भनेर उनीहरूले गठबन्धन गरेका हुन् । गठबन्धनमै रहेका केहि दलहरुको हैसियत बाख्रा सँग लड्न सक्ने खालको छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com