२०८३ जेष्ठ २१ - Thu Jun, 2026 -

Janasewa News

भारतमा दैनिक साढे सात करोडको विद्युत् निर्यात हुँदा रिसायो पश्चिम नेपाल

भारतमा दैनिक साढे सात करोडको विद्युत् निर्यात हुँदा रिसायो पश्चिम नेपाल

काठमाडौं । बिहीबार रातिदेखि नेपालले भारतको खुला बजार ३६४ मेगावाट विद्युत् निर्यात गर्दैछ ।

यसरी निर्यात हुँदा वर्तमान मूल्य संरचना दैनिक १० करोड रुपियाँ बराबरको विदेशी मुद्रा नेपाल भित्रिन सक्छ ।

यसरी निर्यातको सामाचार पढ्दै गर्दा धेरै नेपाली खुसी हुन्छन् तर पश्चिम नेपालका मुख्य सहर र ग्रामीण इलाकाका बासिन्दा भने असन्तुष्ट छन् । त्यसको एउटै कारण हो आफूले पाएको गुणस्तरहीन बिजुली ।

दैनिक साढे सात करोड रुपियाँको विद्युत् निर्यात भएको समाचार आउँदा धनगढी निवासी चिरञ्जीवी आचार्यको प्रतिक्रिया छ, “कागलाई बेल पाक्यो हर्ष न विस्मात ।

४५ डिग्री तापक्रममा १५० भोल्टको बिजुली आउँछ, गु्नासो ग–यो, सबस्टेसन बनेपछि समाधान हुन्छ भन्छन् ।” नेपालगञ्जकी प्रियङ्का साहको प्रतिक्रिया छ, “छिनछिनमा झ्याप्पझ्याप्प बिजुली जान्छ, यो तातोमा हामी निसासिनु कि मर्नु ?”

समस्या तराईको सहरी गर्मीको मात्र होइन, पहाडी ग्रामीण इलाकाले पनि उस्तै गुनासो गर्दैछ । प्युठान नगरपालिका–४ का स्थानीय शिशिर सुवेदी भन्छन्, “बत्ती जाने त कति हो कति साँझ मैन बत्ती वा अन्य विकल्प तयार नगरी खाना खान बस्दैनौँ । लाइन आए पनि हाफ लोडको बिजुलीले फ्रिज, टीभी चल्दैनन् ।”
विद्युत्को यस्तो गुणस्तर भोगिरहेका सुवेदी सरकारले प्रत्येक घरधुरीमा इन्डक्सन चुलो दिने कार्यक्रमलाई पनि गिज्याउनु हुन्छ । नेपाल विद्युत् प्राधिकरणले निर्यातको आँकडासँगै विद्युत् आयातको पनि आँकडा राखेको हुन्छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com