२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

किन अलपत्र पारिँदै छ जबरा विरुद्धको महाअभियोग ?

किन अलपत्र पारिँदै छ जबरा विरुद्धको महाअभियोग ?

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग झन्डै चार महिनादेखि अलपत्र परेको छ ।

१ फागुनमा संसद् सचिवालयमा दर्ता भएको महाअभियोगमाथि कुनै छलफल हुन सकेको छैन ।

संविधानसभाको निर्वाचनपछि निर्मित संविधानबाट शक्तिशाली बनेको संसद्ले महाअभियोगलाई झन्डै चार महिनासम्म छलफलमा नल्याउनुलाई शंकास्पद रूपमा हेरिएको छ ।

संसदमा विचाराधीन प्रस्तावलाई जतिसक्दो छिटो निष्कर्षमा पु९याउनुपर्ने दायित्व सभामु्खको हो तर सभामुख अग्निप्रसाद सापकोटा पार्टी विशेषको निर्देशनअनुसार चल्दा आफ्नो दायित्वबाट विमुख हुन पुगेको आरोप लागेको छ ।

सभामुखले संसद्मा पेस भएको महाअभियोगको विषयमा छिटो टुंग्याउनुपर्नेमा कपटीपूर्ण भूमिका निर्वाह गर्नुले संसद्को गरिमा नै धुमिल बनेको नेकपा एमालेका एक नेताले बताए ।

यो खबर आजको राजधानी दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com