२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

पाँच वर्षभित्र वार्षिक चार लाख युवालाई रोजगारी दिने लक्ष्य

पाँच वर्षभित्र वार्षिक चार लाख युवालाई रोजगारी दिने लक्ष्य

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी पाँच वर्षभित्र वार्षिक चार लाख युवालाई रोजगारी दिने लक्ष्यसहित पाँच वर्षे रणनीतिक योजना तयार गरेको छ । आव २०८३/८४ सम्ममा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने गरी रणनीतिक योजना तयार गरेको हो ।

मन्त्रालयका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत औसत एक लाख युवाले एक सय दिनको रोजगारी पाइरहेका छन् । मन्त्रालयले तयार गरेको रणनीतिमा वैदेशिक रोजगारीको दिगो प्रवर्द्धन गर्न द्विपक्षीय श्रम सम्झौता भएका मुलुकको सङ्ख्या १९ पुर्‍याउने भएको छ । सीपलाई दिगो रोजगारीसँग जोड्न सातवटा सीप विकास तालिम प्रतिष्ठान स्थापना गरिने पनि उल्लेख गरिएको छ । यस्तै रणनीतिक योजनामा सबै क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएर सूचीकृत श्रमिकको सङ्ख्या १० लाख पुर्‍याउने विषय समेटिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com