२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

निर्वाचन अघि वामपन्थी एकताको सम्भावना छैन : प्रदीप ज्ञवाली

निर्वाचन अघि वामपन्थी एकताको सम्भावना छैन : प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्काल वामपन्थी पार्टीहरुबीचको एकता सम्भावना नभएको दाबी गरेका छन् । आजको सचिवालय बैठक पछि पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले एमाले र माओवादी केन्द्रबीच एकताको अनुमान सही नभएको दाबी गरे ।

उनले अहिले देशलाई वामपन्थी एकातिर र गैर वामपन्थी एक हुनुपर्छ भन्ने पक्षमा आफूहरु नरहेको बताए । ञत्यो अनुमान सही होइन । छलफल चलिरहेको छ एमाले अहिले देशलाई वामपन्थी एकतातिर र गैर वामपन्थी एक हुनु पर्छ भन्ने ध्रुवीकरणको पक्षमा एमाले छैन ।

एमाले अहिले बलियो राष्ट्रिय शक्ति बनाउने पक्षमा केन्द्रीत रहेको उनको भनाइ छ । आदर्श र निष्‍ठाका राजनीतिक गर्ने वामपन्थी एमालेमा जोडिन सक्ने उनको भनाइ छ ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com