२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

रुपन्देहीको तिलोत्तमामा युवतीको रहस्यमय मृत्यु

रुपन्देहीको तिलोत्तमामा युवतीको रहस्यमय मृत्यु

रुपन्देही । दुई महिनाअघि एक युवतीको रहस्यमय मृत्यु भएर अहिलेसम्म शव नउठेको रुपन्देहीको तिलोत्तमामा अर्को एक युवतीको रहस्यमय मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका ६ सेमरीचौककी २५ वर्षीया सुविना गिरीको शव झुन्डिएको अवस्थामा फेला परेको परिवारको दाबी छ ।

पति सज्नु गिरीले आफूहरूले सञ्चालन गर्दै गरेको होटेलमा राती करिब १ बजे झुन्डिएको अवस्थामा फेला परेको र उद्धार गरी अस्पतालमा लगेको बताए । सन्जुले राति २ बजे क्रिमसन अस्पताल मणिग्राममा ल्याउँदा चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

यद्यपि सुविना झुन्डिएको र मृत्यु भएकोबारे वरपर छिमेकीले समेत थाह नपाएको बताएका छन् ।

मृतककी फुपू क्षमा गिरीले शरीरभरि नीलडाम भएकाले पतिले मारेको वा झुन्ड्याएको दाबी गरिन् । आफन्तले घटनाको सत्य तथ्य माग गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलले घटनाको प्रारम्भिक अनुसन्धान थालेको छ । क्रिमशनमा राखेको शव अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ ।

अनुसन्धानपछि मृत्युको कारण खुल्ने घटना अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए । मृतकका २ जना नाबालक छोराछोरी छन् ।

दुई महिनाअघि तिलोत्तमा २ की २९ वर्षकी अमृता टण्डन खत्रीको मृत्यु भएको थियो । उनको अझै पनि अन्त्येष्टि गरिएको छैन । उनका माइती पक्षले अमृताको हत्या भएको भन्दै निरन्तर आन्दोलन गर्दै आएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com