२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

बैंकले दिने ऋणमा भयो कडाइ, अब जग्गा धितोमा ऋण नपाइने

बैंकले दिने ऋणमा भयो कडाइ, अब जग्गा धितोमा ऋण नपाइने

काठमाडौं । अब बैंकमा जग्गा धितो राखेर ऋण नपाइने भएको छ । बैंक तथा वित्तीय संस्थाले जग्गा धितोमा राखेर कर्जा दिन बन्द गरेपछि ऋण नपाइने भएको हो ।

जेठ २३ गते सरकारले जारी गरेको भूउपयोग नियमावली २०७९ अनुसार वर्गीकरण नभएका जग्गा राखेर बैंकबाट ऋण नपाइने भएको हो । यो नियमावलीअनुसार कृषि र गैरकृषि क्षेत्र वर्गीकरण नगरी जग्गा रोक्का गर्न पाइँदैन । जग्गा रोक्का नै नहुने भएपछि बैंकहरुले ऋण रोकेका हुन् ।

भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले जेठ २७ गतेको मन्त्रीस्तरको निर्णयबाट जग्गा धितो राखेर दिने ऋण रोक्का गरेको हो । भूमि मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग, राष्ट्रिय भूमि आयोग र नापी विभागलाई पत्र नै काटेर जग्गाको वर्गीकरण नगरेसम्म जग्गा राखेर ऋण दिन रोक लगाउन निर्देशन दिएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com