२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

निहारिकाको अनसनबारे सरकारको चासो, मन्त्रालय छलफलमा छलफल अघि बढ्यो

निहारिकाको अनसनबारे सरकारको चासो, मन्त्रालय छलफलमा छलफल अघि बढ्यो

जनसेवा न्युज डटकम संवाददाता

‘कुमारी आमा’ अर्थात निहारिका राजपुत आफ्ना विभिन्न मागहरु राखेर आमरण अनसनमा बसेको आज ९मंगलबार० पाँच दिन पुगेका छन् । उनका मागहरुका विषयमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले चासो लिएका छन् ।

समस्या समाधानका लागि आफूले मन्त्रालयका सचिव र राष्ट्रिय महिला आयोगसँग आन्तरिक छलफल गरिरहेको रेग्मीले रातोपाटीलाई बताइन् । सरोकारवालाहरूले मन्त्रालयमा ध्यानाकर्षण नगराउँदा यो विषयमा ढिला जानकारी प्राप्त भएको उनको भनाइ छ । ‘उहाँका मान्छेहरु मन्त्रालयमा आजसम्म कोही पनि ध्यानाकषर्ण गराउन आउनु भएको छैन’, उनले भनिन्, ‘तर पनि सडकमा एक किशोरी नाबालक बच्चासहित अलपत्र पर्दा मन्त्रालय मूकदर्शक बनेर बस्दैन । मन्त्रालयले उनको दायित्व लिन्छ ।’

उनले सकेसम्म आज नै छलफलबाट कुनै निष्कर्ष निकाल्ने निकाल्न प्रयास गरिने बताइन् । ‘क्याबिनेट छाडेर म आजै यो घटनामा निष्कर्ष निकाल्ने तयारीमा छु’ उनले भनिन्, ‘निहारिका मागहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर छलफलमार्फत निकास निकाल्ने प्रयास जारी छ ।’

उनले समस्याको समाधान गर्न सकिने भएकाले मन्त्रालयलाई समयमै ध्यानाकर्षण गराउन पनि उनले सरोकारवालालाई अनुरोध गरेकी छन् । बच्चाको बावुको डिएनए टेस्ट गर्नुपर्ने तथा धनुषा जिल्ला अदालतले पीडकलाई साथ दिएको भन्दै विभिन्न मागसहित निहारिका बसन्तपुर डबलीमा आमरण अनसनमा छिन् । २१ महिनाको शिशुसहित उनी अनसनमा बसेकी हुन् भने चौथो दिनमा बेहोस् भएपछि अस्पताल भर्ना गरिएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com