२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

प्रदेश १ बजेट प्रतिक्रिया : आधारहीन र तथ्यहीन बजेट आएको एमालेको आरोप

प्रदेश १ बजेट प्रतिक्रिया : आधारहीन र तथ्यहीन बजेट आएको एमालेको आरोप

जनसेवा न्युज डटकम संवाददाता

प्रदेश १ सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्रीले आज प्रदेशसभामा प्रस्तुत गरेको बजेट हावादारी भएको एमालेले प्रतिक्रिया दिएको छ । एमालेका प्रदेशसभा संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री भीमप्रसाद आचार्यले आधार र तत्यबिना ल्याइएको हावादारी बजेट भएको आरोप लगाए ।

आङ्बोले आगामि आर्थिक वर्षको लागि ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित बजेट संसदमा प्रस्तुत गरेका थिए । बजेट वक्तव्यपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै आचार्यले राजस्व संकलनको कुनै योजना नआएको, महत्वपूर्ण आयोजनामा बजेट कम हालेको र कार्यकर्ता पोस्ने खालको बजेट भएको आरोप लगाए ।
‘राजस्व संकलन गर्ने कुनै नयाँ योजना पनि ल्याउनुभएको छैन,’ आचार्यले भने, ‘कुनै तयारी बेगर हचुवाका भरमा ल्याएको बजेटले केही पनि परिवर्तन हुँदैन ।’ उनले बजेटले लक्ष्य लिन पनि नसकेको बताए । ‘न लक्ष्य अनुसारको राजस्व संकलन हुन्छ, न त उहाँहरूले बजेट नै खर्च गर्न सक्नुहुन्छ । कार्यकर्ता पाल्नका लागि मात्रै अहिलेको सरकारले बजेट ल्याइएको छ,’ उनले भने, ‘कुनै पनि ठूला योजना छैनन् । सबै टुक्रे योजना मात्रै छन् । महत्वपूर्ण योजनामा कम बजेट छुट्याएर चुनाव लक्षित बजेट ल्याइएको छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com