२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

निःशुल्क शिविरमा डा.शेखर कोइरालाले जाँचे बिरामी

निःशुल्क शिविरमा डा.शेखर कोइरालाले जाँचे बिरामी

जनसेवा न्युज डटकम संवाददाता

मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नोना कोइराला स्मृति प्रतिष्ठान र नोबेल शिक्षण अस्पतालको सहकार्यमा स्थानीय जनसेवा आधारभूत विद्यालयमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा नोबेलका डाक्टरहरूसँगै नेपाली काँग्रेसका नेता डा।शेखर कोइरालाले पनि बिरामीको स्वास्थ्य परीक्षण गरेका छन् । सो अवसरमा बोल्दै नेता कोइरालाले नोबेलले सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा।सुनिल शर्माले गरिब तथा बिपन्न बिरामीलाई लक्षित गरेर शिविर सञ्चालन गर्ने गरिएको भन्दै शिविर सञ्चालनलाई निरन्तरता दिइने बताए ।

शिविरमा १ हजार १३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये २१४ जनाको रक्त परीक्षण, १७९ जनाको भिडियो एक्सरे र १२१ जनाको इसीजी गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

शिविरमा उपचार सम्भव नभएका ८५ जनालाई थप उपचारका लागि अस्पताल रिफर गरिएको छ । उनीहरुले नोबेलमा उपचार गराउँदा उपचार सेवामा ५० प्रतिशत छुट पाउँनेछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com