२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

एसपिपीमा साझेदारीः राज्यसंयन्त्रले लुकायो सूचना

एसपिपीमा साझेदारीः राज्यसंयन्त्रले लुकायो सूचना

नेपाल अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा सहभागी भएको तीन वर्ष पुगिसक्दा पनि यो विषयलाई राज्यका कुनै पनि संयन्त्रले बाहिर ल्याएनन्। पछिल्लो समय उक्त कार्यक्रममा नेपालले सहभागिता जनाउन लागेको भन्दै चौतर्फी बहस तथा विरोध भइरहँदा प्रस्ताव गर्ने नेपाली सेना, बोधार्थ प्राप्त गर्ने रक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालय एवं तत्कालीन सरकारको नेतृत्व गर्नेले पनि यसबारे सत्यतथ्य सार्वजनिक गर्न उचित ठानेनन्।

नेपालस्थित अमेरिकी दूतावासले बुधबार नेपालको पटकपटकको प्रस्तावपछि सन् २०१९ मा यस कार्यक्रममा सहभागी गराइएको बताएपछि प्रस्तावकर्ता नेपाली सेनाले हतारहतार वक्तव्यबाजी गर्दै त्यसप्रति ध्यानाकर्षण भएको र सेनाले त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रियासमेत नभएको दाबी गर्‍यो।

तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पहिलोपटक उक्त कार्यक्रममा सहभागी हुन भन्दै सन् २०१५ अक्टोबर २७ मा नेपालका लागि तत्कालीन अमेरिकी राजदूत अलाइन बी टप्लेजलाई लेखेको पत्र सार्वजनिक भइसकेको छ। पत्रमा क्षेत्रीले नेपाल सरकारले अनुमति दिएअनुसार एसपिपीमा नेपालको सहभागिताका लागि अनुरोध गरेका छन्।

एसपिपीमा सहभागिताका लागि प्रस्ताव गर्ने नेपाली सेनाले कुनै प्रक्रियासमेत सुरु नभएको झुटो दाबी गर्दैगर्दा उक्त पत्रको बोधार्थ पठाएका रक्षा र परराष्ट्र मन्त्रालयले समेत सूचना लुकाएर मौन छन्। यो समाचार नागरिक दैनिकमा छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com