२०८१ बैशाख ५ - Wed Apr, 2024 -

Janasewa News

संसदीय समितिको बैठकमा देउवा अनुपस्थित भएपछि ‘खेद प्रस्ताव’ पारित गर्न माग

संसदीय समितिको बैठकमा देउवा अनुपस्थित भएपछि ‘खेद प्रस्ताव’ पारित गर्न माग

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय समितिको बैठकमा अनुपस्थित भएको भन्दै खेद प्रस्ताव पारित गर्न माग गरिएको छ । आइतवार बिहान बोलाइएको संसद्‌को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित भएपछि यस्तो माग गरिएको हो।

बैठकमा सांसद भीम रावलले बिरामी, विदेश भ्रमण वा अन्य जरूरी कुरा नभइ अनुपस्थित नहुनु संसदीय गरिमाको अवमूल्यन हुने बताए । संविधान र संसद्को रक्षा गर्न भन्दै प्रधानमन्त्री बनेका देउवा संसदप्रति उत्तरदायी हुनु पहिलो कर्तव्य हुने रावलले बताए ।

अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) विवादबारे छलफलका लागि समितिको बैठक जारी छ। शुक्रवार प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएर समितिले यसबारे सेनाको धारणा बुझेको थियो ।

सोही बैठकमा परराष्ट्रमन्त्री डा नारायण खड्काले पनि एसपीपीबारे सरकारको धारणा राखेका थिए। समितिले यसबारे थप छलफलका लागि आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई डाकेको थियो ।
यद्यपि देउवा समितिको बैठकमा उपस्थित भएनन् । प्रधानमन्त्री देउवाले यसअघि पनि संसद छल्दै आएका छन्। अमेरिका भ्रमणबारे जानकारी दिन सदनमा सांसदहरुले प्रधानमन्त्रीसँग माग गरेका थिए। संसदमा जवाफ दिने दिन तोकिँदा पनि देउवाले जवाफ दिएनन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com