२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

संसदीय समिति छलेर सत्ता गठबन्धनको बैठकमा देउवा

संसदीय समिति छलेर सत्ता गठबन्धनको बैठकमा देउवा

काठमाडौं । सत्ता गठबन्धनको बैठक शुरु भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस संयोजक सूर्य किरणले बालुवाटारमा गठबन्धनको बैठक शुरु भएको बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण, मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल गर्न गठबन्धनको बैठकमा छलफल गर्न लागेको बताइएको छ ।

नेकपा एसका अध्यक्ष माधव नेपालपनि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकबाट निस्केर गठबन्धनको बैठकमा पुगेका छन् ।

प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण, एसपीपी विवाद लगायतका विषयमा जानकारी लिन अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्रीलाई बोलाए पनि उनी त्यहाँ भने गएनन् ।

यसअघि बजेट र विदेश नीतिबारे उठेका प्रश्नको जवाफ दिन प्रतिनिधिसभाको बैठकमा उपस्थित हुने कार्यसूची रहँदा पनि प्रधानमन्त्री देउवाले संसद बंक गरेका थिए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com