२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

पाँचदेखि ११ वर्षका बालबालिकाका लागि २२ लाख खोप नेपाल आइपुग्यो

पाँचदेखि ११ वर्षका बालबालिकाका लागि २२ लाख खोप नेपाल आइपुग्यो

काठमाडौं । बालबालिकाका लागि २२ लाख डोज कोरोनाविरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ । आइतबार दिउँसो पाँचदेखि ११ वर्षका बालबालिका लागि २२ लाख ३०२ सय कोरोनाविरुद्धको खोप त्रिभुवन विमानस्थलमा आइपुगेको हो ।

कोभ्याक्स सुविधाअन्तर्गत् अमेरिकी सरकारको सहयोगमा पहिलो चरणमा उक्त परिमाणमा खोप नेपाल आइपुगेको हो । अहिले उक्त खोपको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोपको चेकजाँच भइरहेको छ । साथै, आइतबार साँझसम्म प्रदेश स्तरका खोप भण्डारण केन्द्रमा पठाउने तयारी रहेको स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाले जनाएको छ ।

३९ लाख बालबालिकाका लागि दुई चरणमा कोरोनाविरुद्धको खोप सञ्चालन गरिने भएको छ । पहिलो चरणमा २७ जिल्लाका १९ लाख बालबालिकालाई ९ देखि १५ असारसम्म पहिलो मात्रा दिइनेछ । पहिलो चरणमा पहिलो डोज खोप लगाइकालाई साउन २ देखि ८ गतेसम्म दोस्रो डोज दिइनेछ ।

यसका साथै दोस्रो चरणमा ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो डोज सञ्चालन गरिने र भदौ २७ देखि असोज १ सम्म दोस्रो डोज दिइने जानकारी गराइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com