२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री देउवालाई बैठकमा नआउनुको कारण सोध्ने

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री देउवालाई बैठकमा नआउनुको कारण सोध्ने

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा नआउनुको कारण सोध्ने निर्णय गरेको छ ।

आइतबार बसेको समितिको बैठकले प्रधानमन्त्री देउवालाई समितिको बैठकमा बोलाइएकोमा अन्तिम क्षणमा बैठकमा उपस्थित नहुने जानकारी गराएको भन्दै बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको हो ।

समितिले अमेरिकाद्वारा प्रश्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) र प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री देउवालाई बैठकमा बोलाएको थियो । तर, प्रधानमन्त्री देउवाले अन्तिम समयमा आएर मात्रै आफ्नो सचिवालयमार्फत बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए ।

प्रधानमन्त्री देउवाको अनुपस्थितिलाई लिएर सांसदहरुले विभिन्न टिप्पणी गरेका थिए । बैठकले प्रधानमन्त्री बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गर्ने निर्णय गरिएको समिति सभापति पवित्रा निरौला खरेलले बताइन् ।

उनले त्यसरी संसदीय समितिमा प्रधानमन्त्री अनुपस्थित हुनेकुरा संसदीय प्रणालीको अभ्यासमा उचित नदेखिएको पनि ध्यानाकर्षण गराएको बताइन् ।

उनले भनिन्, ‘अमेरिका भ्रमणको कार्यसूचीबारे छलफल र जानकारीका लागि सम्माननीय प्रधानमन्त्रीलाई आमन्त्रण गरिएकोमा उहाँले अन्तिम क्षणमा सचिवालयमार्फत समितिलाई उपस्थित नहुने जानकारी गराउनुभयो ।’

उनले थप भनिन्, ‘प्रधानमन्त्री बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गर्ने निर्णय गरियो । अनुपस्थित हुनेकुरा हाम्रो अभ्यासमा उचित नदेखिएको कुरालाई ध्यानाकर्षण गराउँदछु ।’

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर प्रतिपक्ष दलका सांसदहरुले विभिन्न प्रश्नहरु उठाउनुभएको थियो भने सत्तारुढ दलका सांसदहरुले प्रधानमन्त्रीको व्यस्थताका कारण आउन नसकेको धारणा व्यक्त गरेका थिए ।

लामो छलफलपछि गरिएको समितिको निर्णयमासमेत सत्तारुढ दलका सांसदहरुले असहमति जनाएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com