२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

कामना सेवा विकास बैंकको ८ वटा शाखा कार्यालयमा सार्वजनिक शौचालय

कामना सेवा विकास बैंकको ८ वटा शाखा कार्यालयमा सार्वजनिक शौचालय

जनसेवा न्युज डटकम संवाददाता

कामना सेवा विकास बैंकले काठमाडौँ महानगरपालिका भित्र रहेका ८ वटा शाखा कार्यालयहरूका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने भएको छ । सोमबार बैंकले काठमाडौँ महानगरपालिकसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

नगर कार्यपालिकाको जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन गरेको काठमाडौँ महानगरको आह्वान अनुरुप बैंकले आफ्नो ऐक्यबद्धता जनाएको हो ।
सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाई र आवश्यक सामानहरुको व्यवस्था बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वयंले गर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बस्नेतले महानगरका नवनिर्वाचित मेयरको काठमाडौंलाई व्यवस्थित गर्ने नीतिअनुरुप बैंकले पनि एक्यबद्धता जनाएको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com