२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

रवि लामिछाने ले दिए निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन

रवि लामिछाने ले दिए निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन

जनसेवा न्युज डटकम संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले आफू सभापति पदमा रहेको खुलाएका छन् । दल दर्ताका लागि मंगलबार अपराह्न निर्वाचन आयोग पुगेका लामिछानेले आफ्नो दलमा १९ सदस्य रहेको र आफू सभापतिमा चयन भएको बताएका छन् । उनले दल दर्तापछि मात्रै अन्य सदस्यहरुको नाम खुलासा गर्ने बताएका छन् ।

यसैबीच राष्ट्रियसभा गृहमा पार्टीको नाम घोषणा गरेर निर्वाचन आयोग पुगेका लामिछानेले दल दर्ताका लागि निवेदन दर्ता गराएका छन् । आयोगबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो दलको सिद्धान्त संवैधानिक समाजवाद रहेको बताए । उनले अन्य दलभन्दा आफ्नो दललाई पृथक बनाउने र सिद्धान्तबारेमा थप छलफल हुन बाँकी रहेको बताए ।

चुनाव चिन्ह घण्टीको बारेमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा यसको सिम्बोल आध्यात्मिक मात्र नभई सचेतनाको प्रतीक रहेको बताए । बेथिति बिरुद्धको जनाउ घण्टी रहेको उनको भनाई छ । लामिछानेले आफ्नो लागि निर्वाचन क्षेत्र निश्चित गरिनसकेको बताउँदै देशभरी भ्रमण गरेर आवश्यक सल्लाह सुझावका आधारमा पछि निर्णय गर्ने बताए ।

उनले आगामी चुनावमा स्वतन्त्र उम्मेदवार हुन खोज्नेहरूका लागि आफ्नो पार्टी राम्रो प्लेटफर्म रहेको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com