२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

‘समयमै विद्यार्थीहरुले पुस्तक पाउनुपर्छ’ भन्ने कुरामा सरकार गम्भीर : शिक्षामन्त्री पौडेल

‘समयमै विद्यार्थीहरुले पुस्तक पाउनुपर्छ’ भन्ने कुरामा सरकार गम्भीर : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बजारमा कागज अभाव र स्थानीय निर्वाचनका कारण समयमा विद्यालयहरुमा पाठ्यपुस्तक पु¥याउन नसकिएको बताएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै शिक्षामन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले बजारमा करिब १५ दिन कागज अभाव, स्थानीय निर्वाचनमा जनक शिक्षाका कर्मचारी खटाउनु र त्यही समयमा स्थानीय निर्वाचन मतपत्र छपाई भएकाले पुस्तक छपाईमा ढिला भएको जिकिर गरे । मन्त्री पौडेलले सरकारले पुस्तक व्यवसायीहरु र सरकारी डाटासमेत हेरेर पुस्तक वितरण गरिरहेको बताए ।

उनले विद्यालयमा शिक्षक अभावको विषयलाई सम्बोधन गर्न ५ हजार नयाँ दरबन्दी थप्ने तयारी भएपनि अर्थ मन्त्रालयबाट स्वीकृत नभएको बताए । मन्त्री पौडेलले शिक्षक सेवा आयोगलाई सक्रिय बनाएर दरबन्दीको काम तीब्र रुपमा भइरहेको बताए ।

उनले भने, ‘सात दिनमा पुस्तक पु¥याउँछौं भनेको हौं । पुस्तक व्यवसायीहरुसँगको डाटा हेरेर कतिपय डाटाहरु भेरिफाइ गरेर पठाउने काम सरकारले गरिरहेको छ । केही स्थानमा पुगेर पनि नपुगेको अवस्था आएको छ । पुस्तक वितरण ढिलो हुनुमा १५ दिन कागज नआएको कुरा साँचो हो । भारतीय बजारमा कागज अभावको कारण काजग आउन पाएन । त्यही समयमा स्थानीय निर्वाचनमा जनकशिक्षा सामग्रीका कर्मचारी खटाएको साँचो हो । त्यही समयमा मतपत्र छापियो । कारण ढिला भएको हो ।’

उनले फेरि भने, ‘समयमा नै विद्यार्थीहरुले पुस्तक पाउनुपर्छ भन्ने कुरामा सरकार गम्भीर रहेको छ । शिक्षक अभाव भएका विद्यालयहरुको लागि मन्त्रालयले ५ हजार दरबन्दी थप गर्न प्रश्ताव लगेको थियो । तर आएको छैन । विज्ञान, गणित र अङग्रजी विषयको थप गर्ने भनिएपनि पुनारावलोकन गर्ने भनेर आएको छ । शिक्षक सेवा आयोगलाई सक्रिय बनाउने काम भएको छ । त्यो आयोगले दरबन्दीको काम तीब्र रुपमा गरिरहेको छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com