इन्टरले लुकाकुलाई लोनमा भित्र्याउँदै

इन्टरले लुकाकुलाई लोनमा भित्र्याउँदै

काठमाडौँ । इटालियन फुटबल क्लब इन्टर मिलानले इंग्लिस क्लब चेल्सीका स्ट्राइकर रोमेलु लुकाकुलाई लोनमा भित्र्याउने भएको छ । इन्टरले लुकाकुलाई एक सिजनका लागि भित्र्याउन लागेको बीबीसीले जनाएको छ ।

चेल्सीले लुकाकुलाई सन् २०२१ को अगस्टमा ९७.५ मिलियन पाउन्डमा इन्टरबाट भित्र्याएका थिए । तर लुकाकुले चेल्सका लागि खासै राम्रो प्रदर्शन गर्न सकेनन् । इन्टरले लुकाकुलाई ६.९ मिलियन पाउन्ड लोनमा भित्र्याउने भएको हो ।

बेल्जियमका लुकाकुले गत सिजनमा चेल्सका लागि सबै प्रतियोगितामा गरी जम्मा १५ गोल गरेका थिए । उनले इंग्लिस प्रिमियर लिगमा २६ खेल खेल्दा ८ गोल गरेका थिए ।

 

 

Leave a Comment

Your email address will not be published.

Get 30% off your first purchase

X
Scroll to Top
%d bloggers like this: