२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

सबै नेताहरुले घमण्ड त्यागेर समीक्षा गर्न जरुरी रहेको छ : शेरबहादुर तामाङ

सबै नेताहरुले घमण्ड त्यागेर समीक्षा गर्न जरुरी रहेको छ : शेरबहादुर तामाङ

काठमाडौं । नेकपा (एमाले) का सांसद शेरबहादुर तामाङले सबै नेताहरुले घमण्ड त्यागेर समीक्षा गर्न जरुरी रहेको बताए । उनले कम्युनिष्टहरुको जनमत लगभग दुई तिहाइ भएपनि विभाजित हुँदा त्यसको अर्थ नदेखिएको बताए । उनले एकीकृत समाजवादी पार्टीले एकता गर्ने कुरा राखिएका शर्तहरुमा छलफल हुन जरुरी रहेको बताए ।

आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद तामाङले भने, ‘सबै कम्युनिष्ट पार्टीहरुमा इगो हुन्छ । इगो त्याग्नुपर्छ । एमालेले यस्तो गरेको छ, भन्ने दोषहरु लगाउनुभएको छ । यसमा समीक्षा त जरुरी छ । नेपालको कम्युनिष्ट आन्दोलनमा अचाक्ली समीक्षा जरुरी छ ।’

उनले थपे, ‘लगभग दुई तिहाई जनमत छ कम्युनिष्ट पार्टीसँग तर टुक्रिएर बसेका छन् । उहाँहरुले औपचारिक निर्णय गरेर आउने हो भने एमालेसँग वार्ताका लागि उहाँहरुले राखेको कतिपय शर्तहरु हो होइन, त्यसको पुष्टिपनि हुन जरुरी छ । त्यसबाट निस्किएको आधारमा अघि बढ्न सकिन्छ होला ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com