२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

कोटेश्वरमा हायसको ठक्करबाट पैदल यात्रीको मृत्यु

कोटेश्वरमा हायसको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाडौं । सोमबार राति काठमाडौंको कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

बा २ ख १२३१ नम्बरको हायस गाडीले ठक्कर दिँदा ५२ वर्षीय देवकुमार सेन मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थायी घर स्याङ्जा भएका सेनलाई हायसले ठक्कर दिएपछि बिएन्डबी अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पतालमा उपचारकोे क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोटेश्वरबाट बालकुमारी जाँदै गरेको हायसले पैदलयात्रुलाई बचाउन खोज्दा अर्को ट्रकलाई ठक्कर दिँदा क्षतविक्षत भएको छ । हायसमा यात्रुहरू भने नभएको बताइएको छ ।

दुर्घटनामा हायसका सहचालक घाइते छन् भने चालक फरार छन्। प्रहरीले अहिले उनको खोजी गरिरहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com