२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

३ लाख रुपैयाँ भष्टाचार गर्ने प्रधानाध्यापकविरुद्ध अख्तियारको मुद्दा

३ लाख रुपैयाँ भष्टाचार गर्ने प्रधानाध्यापकविरुद्ध अख्तियारको मुद्दा

जनसेवा न्युज डटकम संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको बैजनाथ गाउँपालिका ८ मा रहेको श्री शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक मुहम्मद युनुस खाँविरुद्ध विशेष अदालतमा रिट दायर गरेको छ ।
नियमावली, २०५९ को परिच्छेद २९ नियम १६५ अनुसार विद्यालयले प्राप्त रकम खर्च नगरी छात्रवृति वितरण तर्फको रकम र कम्प्युटर खरिदतर्फको रकम गरी कुल ३ लाख २ हजार १ सय ९७ रुपैयाँ भष्टाचार गरेको अख्तियारको ठहर छ ।

२०६८ सालदेखि २०७४ सालस्म्म छात्रवृत्तिको लागि प्राप्त रकम, कम्प्यूटर खरिद, भवन निर्माण र शौचालय निर्माण कार्यमा तथा विद्यालयको आन्तरिक स्रोत समेतको दुरुपयोग गरेको उजुरी परेपछि आयोगले छानविन गरेको थियो ।

प्रधानाध्यापक खाँलाई सार्वजनिक सम्पत्तिको हानीनोक्सानी गरेको बिगो तीन लाख दुई हजार एक सय सन्तानब्बे रुपैयाँ कायम गरी सो रकम बराबर जरिवाना र सो रकम निजबाट असुल उपर समेतको माग गर्दै बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जनाएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com