२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

संघीयता कार्यान्वयनमा राजनीतिक पार्टीहरू जिम्मेवार हुनुपर्छ : विन्दा पाण्डे

संघीयता कार्यान्वयनमा राजनीतिक पार्टीहरू जिम्मेवार हुनुपर्छ : विन्दा पाण्डे

नेकपा (एमाले) की सांसद विन्दा पाण्डेले संघीयता कार्यान्वयनमा प्रमुख जिम्मेवार राजनीतिक पार्टीहरू र नेताहरु नै हुनुपर्ने बताएकी छन् । मंगलवार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै सांसद पाण्डेले संघीयता कार्यान्वयनका लागि प्रमुख जिम्मेवार पार्टीहरू र नेता नै हुनुपर्ने बताइन् ।

नेताहरु नै संघीयताको मर्म विपरित भोट माग्दै हिँड्ने गरेको उल्लेख गर्दै उनले संघीयताको कार्यान्वयन भएन भनेर राज्यका अन्य निकायलाई प्रश्न गर्न नमिल्ने बताइन् । उनले संघीयताको अभ्यास राजनीतिक पार्टीहरूबाट शुरु गरे राज्यका निकायहरुले पनि शुरु गर्ने बताइन् ।

त्यस्तै संविधानसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) का नेता खिमलाल देवकोटाले संघीयताको मर्म समन्वय, सहअस्तित्व र सहकारितालाई आत्मसाथ नगरिएको कारण कार्यान्वयनमा समस्या भएको बताए । उनले संघीयता कार्यान्वयनका लागि संविधानले व्यवस्था गरेका संरचनाहरु क्रियाशिल हुन नसक्नु पनि समस्याको रुपमा रहेको उल्लेख गरे । उनले संघीयतालाई बलियो बनाउन प्रशासनिक, न्यायपालिका, राजनीतिक पार्टी र राज्यका सबै अंगको पूनःसंरचना गर्नु आवश्यक रहेको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com