२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

स्वास्थ्य राज्य मन्त्री केसीद्वारा ट्रमा सेन्टरमा एक्सरे डीआर मेसिनको उद्घाटन

स्वास्थ्य राज्य मन्त्री केसीद्वारा ट्रमा सेन्टरमा एक्सरे डीआर मेसिनको उद्घाटन

जनसेवा न्युज डटकम संवाददाता

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा एक्सरे डीआर मेसिनको उद्घाटन गरेका छन् । एक्सरे डीआर मेसिनको उद्घाटन गर्दै स्वास्थ्य राज्यमन्त्री केसीले एक्सरे डीआर मेसिनको पूर्ण उपयोग गरेर बिरामीलाई सेवा दिनुपर्ने बताए ।

ट्रमा सेन्टरलाई एमआरआई मेसिन उपलब्ध गराउन पहल गर्ने समेत उनले बताएका छन् । यस्तै, उनले ट्रमामा २५ बेडको आइसीयू बनाउन र थप एक सय शैया बनाउने योजना बनाएको राज्यमन्त्री केसीले बताएका हुन् । यस्तै, ट्रमा सेन्टरका निर्देशक डा।प्रमोद कुमार यादवले एक्सरे डीआर मेसिन प्रयोगमा आउने बताए ।

ट्रमाका बिरामीहरुको डीयोग्राफी इमेज निकाल्न सकिन्छ । यो अटोमेटिक र पूर्ण प्रविधिमैत्री डीजीटलाइज्ड रेडियोग्राफी उपकरण हो । यसले विरामीहरुको प्रभावकारी ढंगले इमेज खिच्न सक्ने र ओभर लोड प्रोटेक्सनको पनि क्षमता रहेको सूचना अधिकारी अर्जुनप्रसाद भेटुवालले जनाकारी दिए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com