२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

लापरवाहीमा सुधार गरे धानमा आत्मनिर्भर हुन्छौं : अध्यक्ष ओली

लापरवाहीमा सुधार गरे धानमा आत्मनिर्भर हुन्छौं : अध्यक्ष ओली

जनसेवा न्युज डटकम संवाददाता

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका ६० प्रतिशत मानिस कृषि पेशामा भएर पनि आयतको ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद् भएको बताएका छन् । १९ औं धान दिवसको अवसरमा भक्तपुरको सिरुटारमा आयोजित रोपाइँ महोत्सवमा उनले यो स्थिति हाम्रै लापरबाहीका कारण आएको बताएका छन् ।

उनले अब यस्तो स्थितिलाई सुधार गर्नुपर्ने बताए । अहिले हामी आफैले गर्दै आएको लापरवाही, असावधानी, प्रयासहरूको कमीको अन्त्य गर्नु पर्ने बताए । यो अवस्थाको सुधार गरेसँगै हामी कृषिको व्यवसायीकीकरणतर्फ लम्कने उनले बताए । आफैलाई सुधार गरे उन्नत बीऊ र आफ्नै जीवनस्तर समेत सुधार गर्न सकिने बताए ।

नेपाल कृषि प्रदान देश हो । हाम्रो मुख्य कृषि उत्पादन पनि धान नै हो । नेपालको हावापानी र माटो सबै हिसाबले धान उत्पादनका लागि उपयुक्त छ । यो सबै भूभाग र वातावरणलाई हामीले सदुपयोग गर्नु पर्ने उनको भनाइ छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com