२०८१ बैशाख ३० - Sun May, 2024 -

Janasewa News

कल्पना खरेलको नयाँ उपन्यास ‘रानीतलाउ’ बजारमा

कल्पना खरेलको नयाँ उपन्यास ‘रानीतलाउ’ बजारमा

काठमाडौँ । राज्य, समाज र जनताको उज्जवल भविष्यप्रति आशाको किरण फैलाएर साहित्य क्षेत्रमा उदाएकी कल्पना खरेलको नयाँ कृति ‘रानीतलाउ’ उपन्यास प्रकाशित भएको छ । विवेक र नैतिकतालाई अचुक हतियार बनाएकी उनले यो उपन्यासमार्फत समाजमा परिवर्तनको नयाँ ढोका खोल्न सफल भएकी छन् । सामाजिक अन्तरविरोध र संघर्षलाई भित्रैसम्म पसेर गहिरो अन्तरदृष्टि लगाएर उपन्यासको विषयवस्तु बुनिएको छ । समाजमा रहेका अनेकौँ विकृति र विसंगतिमाथि प्रहार गर्दै स्वच्छ र न्यायपूर्ण समाजको बाटो देखाउन सक्षम भएकी छन् ।

उपन्यासले नयाँ युगको आह्वान गरेको छ । जनताको स्वच्छ भावनाहरूलाई थिच्ने र किच्ने कुपरम्परा जात, धर्मविरूद्ध सशक्त उनको कलम निर्भिक भएर अगाडि बढेको छ । उनको यो उपन्यासले युवा(युवतीहरूको हृदयमा कहिल्यै नमर्ने जोश र उत्साह भर्ने काम गरेको छ । जीवनमा अचानक विभिन्न कठिनाइ आउँछन् तर तिनको समाधान वैज्ञानिक तरीकाले गर्न सकिन्छ भन्ने तर्क र उपायहरू उपन्यासमा पाइन्छ ।

मानव जातिलाई स्नेह गर्नु, प्रेम गर्नु र मानवजातिको स्वतन्त्रलाई सम्मान गर्नु यो उपन्यासको विशेषता रहेको देखिन्छ । यस उपन्यासले आजको नयाँ यथार्थलाई पक्रेको छ । स्वार्थ र अज्ञानताको कारणले गर्दा श्रेष्ठता भएको मान्छेलाई मान्छेले नै अपमान गर्न पुग्छ । सत्यको लागि सबै त्याग गर्न सकिन्छ तर कुनै पनि चिज प्राप्त गर्नका लागि सत्य त्याग्न सकिन्न । यही कुराको गहन सन्देश यो उपन्यासले दिन सकेको छ ।

खरेलको यस उपन्यासले पवित्र र दृढ इच्छाशक्ति सर्वशक्तिमान हुन्छ भन्ने कुरालई आकर्षक ढंगले उठाउन सफल भएको छ । सबैभन्दा ठूलो कुरा यसमा मानव आत्माको कुनै जात हुँदैन भन्ने नै हो, यही कुरा सुन्दर ढंगले उपन्यासमा उठाइएको छ ।

कल्पना खरेलका यसअघि पनि आधा दर्जन कृति प्रकाशित भैसकेका छन् । उनका ‘लभ इन जेरुसलेम’ उपन्यास, ‘समलिङ्गी सम्बन्ध’ उपन्यास, ‘रागिनी’ कथासंग्रह, ‘क्षितिजपारिका शब्दहरु’ गीतिसंग्रह, ‘कामना’ गीति एल्बम प्रकाशित छन् । खरेलको शब्दमा रहेको ‘सेतो कात्रोमा गोजी’ हुँदैन रचनालगायत दुई दर्जन गीतहरु समेत रेकर्ड भइसकेका छन् ।

खरेलको पछिल्लो कृति ‘रानीतलाउ’ मञ्जरी प्रकाशनले बजारमा ल्याएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com