बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकलाई युरोपा फिटनेस सेन्टरमा २५%को छुट
बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकलाई युरोपा फिटनेस सेन्टरमा २५%को छुट
काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड र युरोपा फिटनेस सेन्टर बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी
भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई २५% छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
यस सम्झौता पश्चात् ग्राहक महानुभावहरु ले युरोपा फिटनेस सेन्टरमा उपलब्ध हुने फिटनेस सेवाहरुमा एकमुष्ठ २५%को छुट पाउनुहुनेछ ।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी
गर्नुपर्नेछ ।
युरोपा फिटनेस सेन्टरले ललितपुरको ग्वार्कोबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग
सुविधा प्रदान गर्दै आईरहेको छ ।