२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

भरतपुरका सुकुम्बासीलाई लालपूर्जा दिने कामबारे मेयर रेनु दाहालको चासो

भरतपुरका सुकुम्बासीलाई लालपूर्जा दिने कामबारे मेयर रेनु दाहालको चासो

जनसेवा न्युज डटकम संवाददाता

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भूमिहीनलाई जग्गा दिने काम वर्तमान अवस्थाबारे चासो दिएकी छिन् । राष्ट्रिय भूमि आयोग चितवनले महानगरपालिकाभित्र रहेका २९ वटा वडामा गरिरहेको कार्य सम्पादनबारे मेयर दाहालले आयोगका पदाधिकारी, जनप्रतिनिधि र कर्मचारीसँग चासो राखेकी हुन् ।

आयोगले अहिले गरिरहेको कामबारे आयोगका अध्यक्ष बद्री तिमल्सिनाले उपस्थित जनप्रतिनिधिहरूलाई ब्रिफिङ गरेका थिए । तिमल्सिनाले केही स्थानमा काम गर्न असहज भएकाले केही यन्त्र तथा उपकरण उपलब्ध गराउन स्थानीय निकायसँग पहल थालिएको जानकारी दिए । आयोगले अहिले ड्रोन र टोटल स्टेश्नको कमी भएको बताएको छ । यो यन्त्र उपकरण खरिद गर्न आयोगले जिल्लाका ७ वटा स्थानीय निकायसँग बजेटको माग पनि गरेको छ ।
भरतपुर महानगरपालिकाले स्थानीय तहको निर्वाचन अगाडि महानगरभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन, निस्सा दिने काम सम्पन्न गरिसकेको छ ।

जिल्ला समन्वय समितिको सभा हलमा भएको अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले संघीय निर्वाचन अघि भूमिहीनलाई लालपुर्जा दिने गरी कार्यअघि बढाउन आयोग र वडा अध्यक्षहरूलाई आग्रह गरिन् ।
निर्वाचन आचारसंहिताका कारण यो काम केहीसम्म रोकिन पुगेकाले अब तीव्र गतिमा फेरि काम बढाउनुपर्ने मेयर दाहालको भनाइ थियो ।

‘निर्वाचनमा तपाई हामीले भूमिहीनलाई जग्गा दिने प्रतिवद्धता जनाएका छौं, उनले भनिन् ,‘यो काममा हातेमालो गरेर सुकुम्बासीलाई जग्गा दिने काममा केन्द्रीत हुन आग्रह गर्छु । वडा अध्यक्षहरुले आयोगसँग समन्वय गरी आफ्नो बाचा पुरा गर्नुहोस् ।’

मेयर दाहालले विगतमा भरतपुर २ का भूमिहीन दलितलाई लालपुर्जा दिने काम भइसकेको र अब असार मसान्तभित्र भूमिहीन सुकुम्बासीलाई लालपुर्जा प्रदान गरिने जानकारी दिइन् ।

उनले पाँच वर्षभित्र भरतपुरमा अहिले लगत संकलन भएका सुकुम्बासीले लालपुर्जा पाउने पनि दाबी गरिन्।
भरतपुर महानगरले संकलन गरेको तथ्याङ्क अनुसार महानगरभित्र १० हजार बढी सुकुम्बासी रहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com