२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

सिड्नीमा बाढीको कहर स् एक जनाको मृत्यु, हजारौँलाई घर छाड्न भनियो

सिड्नीमा बाढीको कहर स् एक जनाको मृत्यु, हजारौँलाई घर छाड्न भनियो

एजेन्सी । अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा भीषण वर्षापछि आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ । बाढीपछि हजारौँ मानिसहरूलाई आफ्नो घर खाली गर्न भनिएको छ । सडक भत्किएका छन् भने पश्चिमी सिड्नीमा मात्रै १८ वटा निकासी आदेश दिइएको छ ।

‘यो जीवनलाई जोखिममा पार्ने आपतकालीन अवस्था हो’, न्यु साउथ वेल्स राज्यका आपतकालीन सेवामन्त्री स्टेफनी कुकले भनिन् । यस क्षेत्रमा मार्चमा अचानक आएको बाढीले २० जनाको ज्यान लिएको थियो ।

‘हामी अहिले अचानक बाढी, नदीको बाढी र तटीय कटान जस्ता धेरै मोर्चामा खतरा सामना गरिरहेका छौँ’, कुकले भनिन् । मौसम विज्ञान ब्यूरोले ३५० एमएम सम्मको वर्षाले केही क्षेत्रहरूमा असर गरेको र नेपियन नदीमा बाढीको जोखिम रहेको जनाएको छ ।

सिड्नीको मुख्य बाँध भत्किन थालेको भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com