२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

श्रीलंकामा १ दिनलाई मात्र पुग्ने इन्धन

श्रीलंकामा १ दिनलाई मात्र पुग्ने इन्धन

एजेन्सी । श्रीलंकामा एक दिनलाई पुग्ने इन्धन बाँकी रहेको बताइएको छ । देशमा आर्थिक संकट गहिरिएसँगै छ ऊर्जा मन्त्रीले उक्त जानकारी दिएका हुन् । तेल अभावले सार्वजनिक यातायात ठप्प छ । राजधानीमा पेट्रोल र डिजेल भर्ने सवारी साधनको लामो लाइन छ ।

यद्यपि, अधिकांश पम्पिङ स्टेसन केही दिनदेखि इन्धनविहीन छन् । ऊर्जामन्त्री कञ्चना विजेसेखेराले मुलुकमा करिब ४ हजार टन पेट्रोलको भण्डार रहेको र त्यो एक दिनको खपतभन्दा केही कमी भएको बताए ।

अर्को पेट्रोल ढुवानी २२ र २३ जुलाईको बीचमा हुने उनले अपेक्षा गरेका छन् । टाट पल्टिएको श्रीलंकाले आपतकालीन अवस्थामा बाहेक सबै इन्धन बिक्रीमा दुई हप्ताको लागि रोक लगाएको थियो ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com