२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

बढ्यो पेट्रोलियम पदार्थको  मूल्य, नयाँ मूल्य अनुसार प्रतिलिटर कति ?

बढ्यो पेट्रोलियम पदार्थको  मूल्य, नयाँ मूल्य अनुसार प्रतिलिटर कति ?

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । यसभन्दा अगाडि मूल्य वृद्धि चर्को विरोध हुँदा मूल्य घटाएको निगमले पुनः फेरि मूल्य वृद्धि गरेको हो ।

आज राति १२ः०० बजेदेखि लागू हुने गरी साविकको खुद्रा विक्री मूल्यको पेट्रोलमा प्रति लिटर २ रुपैयाँ , डिजेलरमट्टितेलमा प्रति लिटर ९ रुपैयाँ मूल्य वृद्धि भएको हो । त्यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर ५ रुपैयाँले मूल्य वृद्धि भएको छ ।

रसिया – युक्रेन युद्धबाट सिर्जना भएको विश्व उर्जा संकटका माझ पछिल्लो १५ दिनमा प्रशोधित पेट्रोलियम पदार्थहरूको अन्तर्राष्ट्रिय बजार मूल्यमा भएको बृद्धि अनुरुप इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट तारिख १ जुलाई,२०२२ (असार १७,२०७९) मा प्राप्त नयाँ मूल्यसूची अनुसार विक्री मूल्य समायोजन गर्नुपर्ने देखिएको निगमले बताएको छ ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र , डिजेल÷मट्टितेलमा प्रति लिटर १७२ रुपैयाँ पुगेको छ । भने, हवाई इन्धन (आन्तरिकतर्फ) १९० रुपैयाँ पुगेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com