२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

ललिता निवासको जग्गा प्रकरणमा सरकारले चासो दिएन : प्रेम सुवाल

ललिता निवासको जग्गा प्रकरणमा सरकारले चासो दिएन : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवासको जग्गा प्रकरणमा सरकारले नै चासो नदिएको गुनासो गरेका छन् । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको मुद्दा नेपाल प्रहरीले अघि बढाएपनि सरकारले अदालतमा नपठाएको बताए । सांसद सुवालले सरकारले मनलाग्दी गर्न पाउने हो भन्दै प्रश्नसमेत गरे । उनले जिल्लाका प्रहरी अधिकारीहरुले जनताको समस्याका बारेमा मन्त्रालय वा अधिकारीलाई पन्छाउने काम गरिरहेको पनि बताए ।

उनले भने, ‘पशुपति क्षेत्रको तलेजु मन्दिरमा कौसीमा शौचालय बनाएको भनेर देवताको बिरोध छ यो कसले हेर्छ ? यो कसको कार्य सञ्चालनभित्र पर्छ । जिल्ला जिल्लाका प्रहरी अधिकारीहरु जनताको समस्याबारे अर्को मन्त्रालय वा अधिकारीलाई पन्छाउने काम भइरहेको जनताको गुनासो छ, त्यस्तो गर्न पाउँछ कि पाउँदैन ? सबै प्रकारको विधामा प्रहरीले ध्यान दिने बन्दोबस्त हुनुपर्छ ।’

उनले थपे, ‘प्रहरीले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भयो भनेर मुद्दा अघि बढायो । सरकारले त्यो मुद्दा अदालतमा लगेन त्यस्तो हुन्छ ? त्यसो गर्न पाउँछ रु कसले जवाफ दिने हो ?
यसका साथै सांसद सुवालले पशुपति क्षेत्रको तलेजु मन्दिरमा कौसीमा शौचालय बनाएको भन्दै त्यसलाई कुन सुरक्षा निकायबाट हेर्ने हो ? भन्दै प्रश्न समेत गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com