२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

पर्यटन प्रबर्द्धनका लागि मितेरी साइनो

पर्यटन प्रबर्द्धनका लागि मितेरी साइनो

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुर र गोरखाको ऐतिहासिक पर्यटकीय नगरी बारपाकको पर्यटन प्रबर्द्धनका लागि दुवै ठाउँका व्यवसायी एकजुट भएका छन् । बन्दीपुर र बारपाकको प्रचारप्रसार गर्दै पर्यटन प्रबर्द्धनका लागि दुवै ठाउँका पर्यटन व्यवसायी, होटल व्यवसायी एकजुट भएका हुन् ।

बन्दीपुरमा सोमबार आयोजित पर्यटन व्यवसायी, होटल व्यवसायीहरुको छलफलले दुवै ठाउँमा पर्यटक भित्र्याउनका लागि सहकार्य गर्ने सहमति गरेको छ । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार बन्दीपुर र बारपाकलाई जोड्न मितेरी साइनो गाँस्ने निर्णय भएको जानकारी दिए ।

“बन्दीपुर तनहुँको पुरानो सदरमुकाम पनि रहेको र यसको ऐतिहासिक महत्व पनि छ, बारपाक पनि एउटा पर्यटकीय गाउँ हो, दुवै ठाउँलाई जोड्ने उद्देश्यले प्रचारप्रसार गर्ने, मितेरी साइनो गाँस्ने लगायतका विषयमा सहमति भएको छ,” उनले भने । छलफलमा बन्दीपुरस्थित पर्यटन व्यवसायी, होटल व्यवसायी, बारपाकाका वडाध्यक्ष, पर्यटन व्यवसायी, होटल व्यवसायीको सहभागिता थियो ।

बन्दीपुर आन्तरिक मात्रै नभई बाह्य पर्यटकको पनि गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ । १८ औं शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारहरुले भक्तपुरे शैलीमा घर र ढुङ्गा बिछ्याइएको बाटो निर्माण गरेका थिए ।

बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ । बन्दीपुर बजारमा भएका पुरानो घरहरुको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएको छ । बारपाक प्राकृतिक सुन्दरताले भरिपूर्ण गाउँ हो । बारपाक समुन्द्री सतहबाट दुई हजार मिटरमा अवस्थित छ । २०७४ सालको भूकम्पको केन्द्रविन्दु रहेको बारपाकमा अहिले घरहरु पुनर्निर्माण भइसकेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com