२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १३ पुग्यो

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १३ पुग्यो

रामेछाप । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १३ पुगेको छ । मंगलबार रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ सीमानामा भएको बस दुर्घटना भएको थियो ।

घट्नास्थलमा मृत्यु हुने ९ जनाको सनाखत खुलेको छ । मृत्यु हुनेहरुमा सुनापति गाउँपालिका वडा नं ५ का ६० वर्षीय तुला तामाङ, ३६ वर्षीय खर्क बिक, २२ वर्षीय विपना तामाङ, ३६ वर्षीय सञ्जु तामाङ गरि ४ जना एकै वडाका परेका छन् ।

त्यस्तै सुनापति वडा नं ४ का २६ वर्षीय सम्रिता तामाङ, काभ्रे पाँचखाल ८ का १८ वर्षीय सुदिप गजमेर, काभ्रे मन्दनदेउपुर ९ का ६० वर्षीय शुभलक्ष्मी मानन्धर, काभ्रेकै ४० वर्षीय कुल बं. बिक र काभ्रे रोशी ४ कै कमल तामाङ रहेको रामेछाप प्रहरी प्रमुख डिएसपी राजकुमार थिङले बताएका छन् । त्यस्तै ४ जनाको भने सनाखत हुन बाँकी छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com