२०८१ बैशाख २९ - Sat May, 2024 -

Janasewa News

एक लाख ७० हजार घुससहित सव इञ्जिनियर पक्राउ

एक लाख ७० हजार घुससहित सव इञ्जिनियर पक्राउ

पर्सा । शहरी विकास तथा भवन कार्यालय पर्साका सव इञ्जिनियर रुपेशकुमार दुवेलाई प्रहरीले रु एक लाख ७० हजार घुससहित पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका–१० स्थित भवन कार्यालयमा सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताको टोलीले दुवेलाई आज पक्राउ गरेको हो ।

सव डिभिजन वन कार्यालय वसन्तपुर र सव डिभिजन वन कार्यालय मनवामा रु १७ लाखको लागतमा निर्माण भएको तीन-तीन कोठे भवनको मूल्याङ्कन गरी दिने बहानामा ठेक्दारबाट रकम लिँदै गरेको अवस्थामा दुवे पक्राउ परेको वडा प्रहरी कार्यालय बिर्ताका इन्चार्ज प्रहरी निरीक्षक विकास मल्लले जानकारी दिए ।
पक्राउ परेका दुवेलाई आवश्यक अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बिर्तामा राखिएको छ ।

मूल्याङ्कनको १० प्रतिशत रकम दिएपछि मात्र काम गर्ने भन्दै आएका दुवेलाई स्थानीय प्रशासनको सहयोगमा पक्राउ गरिएको बताइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com