२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

मंसिर २ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न सिफारिस

मंसिर २ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न सिफारिस

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर २ गते शुक्रबार एकै चरणमा गर्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोली बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेर मंसिर २ गते एकै चरणमा दुई निर्वाचन गर्न सिफारिस गरेको हो ।

आयोगको प्रस्तावमा प्रधानमन्त्री देउवाले सहमति जनाएको आयुक्त थपलियाले बताएका छन्। साथै, प्रधानमन्त्री देउवाले निर्वाचन आयोगलाई चुनावी तयारी थाल्न पनि निर्देशन दिएका छन् ।

आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति तोक्ने कानुनी व्यवस्था रहेको छ । आयोगले निर्वाचन गर्न १२० दिन तयारीको समय पुग्ने गरी मिति घोषणा गर्न आग्रह गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com