२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

एसईईको प्रश्नपत्र प्रतिकिलो १७ रूपियाँका दरले बेचियो

एसईईको प्रश्नपत्र प्रतिकिलो १७ रूपियाँका दरले बेचियो

काठमाडौँ । गत २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का प्रश्नपत्र प्रतिकेजी साढे १७ रूपियाँका दरले बिक्री गरिएको छ । कोभिड–१९को दोस्रो लहरका कारण परीक्षा सञ्चालन हुन नसक्दा थन्क्याइएका ती प्रश्नपत्रलाई राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० ले बिक्री गरेको छ ।
बढाबढ टेन्डर प्रक्रिया गर्दा विराटनगरको अरविन्द पल्पएन्ड पेपर मिल्सले ती प्रश्नपत्र खरिदको जिम्मा पाएको छ । पुराना प्रश्नपत्र अभ्यासका लागि विद्यार्थीलाई उपलब्ध गराइनुपर्ने चाहना शिक्षकहरूले गर्दै आएका थिए ।

परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले पुराना प्रश्नपत्र विद्यार्थीलाई वितरण गर्न त्यति सहज नहुने भएकाले बिक्री गरिएको बताए । ती प्रश्नपत्र करिब २० करोड रुपियाँ खर्च गरेर जनक शिक्षा सामग्री केन्द्रमा छपाइएको थियो ।

उनका अनुसार करिब तीन ट्रक प्रश्नपत्र छन् । सो कागज कार खानाले धरौटी रकम बुझाएको छ भने तौल लिइसकेपछि मात्र सकारे बमोजिम प्रतिकेजीका दरले रकम राजस्व दाखिला गर्ने छ । यो समाचार गोरखापत्र दैनिकमा छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com