२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

माओवादीद्वारा ४१ सदस्यीय स्थायी समिति गठन

माओवादीद्वारा ४१ सदस्यीय स्थायी समिति गठन

काठमाडौं । बिहीबार काठमाडौंको प्रज्ञा भवनमा बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले ४१ सदस्यीय स्थायी समिति गठन गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४१ सदस्यीय रहेको स्थायी समितिमा १५ पूर्वस्थायी कमिटी सदस्यलाई निरन्तरता दिने बताए ।

केन्द्रीय बैठकले पोलिटब्युरो सदस्यतर्फ १५६ जना बनाएको छ । सुरुमा १२५ जना बनाउने निर्णय भएको थियो तर, विवाद उत्पन्न भएपछि मिलाएर १५६ पुर्याइएको छ ।

स्थायी समिति र पोलिटब्यूरो सदस्यतर्फ माओवादीले टुंगो लगाए पनि पदाधिकारीको भने टुंगो लगाउन सकेन । अध्यक्ष प्रचण्डले २–४ दिन थप होमवर्क गरेर यसको पनि टुंगो लगाउने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com