डीआईजी टेकप्रसाद राईलाई प्रहरीको प्रवक्ताको जिम्मेवारी
![](https://www.janasewanews.com/wp-content/uploads/2022/07/prabakta.jpg)
डीआईजी टेकप्रसाद राईलाई प्रहरीको प्रवक्ताको जिम्मेवारी
काठमाडौं । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डिआईजी) टेकप्रसाद राईले पाएका छन्। बिहीबार आईजीपी धिरज प्रताप सिंहले डीआईजी राईलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी विष्णुकुमार केसीको सरुवा भएको छ । गृहमन्त्रालयले बुधवार प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत केसीलाई अपराध अनुसन्धान विद्यालयमा सरुवा गरेको थियो ।
राई असार १७ मा डीआईजीमा बढुवा भएका थिए । बढुवापछि उनलाई गृह मन्त्रालयले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।