२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

नेपालमा थप ९८ जनामा कोरोना पुष्टि, २७ जना निको भए

नेपालमा थप ९८ जनामा कोरोना पुष्टि, २७ जना निको भए

काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १५४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ६१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ८३ जना र १ हजार ९३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ७३३ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २७ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ६२५ पुगेको छ । हाल नेपालमा ५ सय ६४ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com