२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

गोली प्रहार गरिएका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन !

गोली प्रहार गरिएका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन !

एजेन्सी । गोली प्रहार भएपछि गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । एक कार्यक्रममा भाषण गरिरहेको अवस्थामा सन्दिग्ध आक्रमणकारी ४१ वर्षीय एक पुरुषले उनीमाथि गोली प्रहार गरेका थिए । त्यसलगत्तै गम्भीर घाइते भएर उपचार गराइरहेका ६७ वर्षका आबेको निधन भएको हो ।

जापानी सञ्चारमाध्यमहरूका अनुसार भाषण गरिरहेका आबेलाई दुई पटक गोली हानिएको थियो । दोस्रो गोली उनको गर्दनमा लागेको थियो ।गोली लागेपछि उनी भुइँमा ढलेका थिए र शरीर रक्ताम्मे देखिएको थियो । तत्कालै उपचारका लागि हस्पिटल लगे पनि उनी बाँच्न सकेनन् ।

उनीमाथि आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको छ । जापानमा हाते बन्दुक प्रतिबन्धित मानिन्छ तर खुलेआम भएको उक्त गोली प्रहार एकदमै दुर्लभ घटना हो ।

नारा सहरको आपत्कालीन उद्धार निकायले आबेलाई गर्दनमा दाहिनेपट्टि र काँधको देब्रे हड्डीमा चोट लागेको बताएको छ । अस्पतालमा उनलाई रगत दिइएको थियो तर हर प्रयास गर्दा पनि बचाउन नसिकएको जनाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com