२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

संखुवासभामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ घाइते

संखुवासभामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ घाइते

संखुवासभा । जिल्लाको खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । शुक्रबार दिउँसो को २ त ३९६१ नम्बरको मलामी लिएर पिलुवा खोला गएको ट्याक्टर दुर्घटनामा परेको हो ।

मृत्यु हुनेहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परि घाइते भएकाहरुको तुम्लिङटारस्थित मनकामना अस्पताल तुम्लिङटार र जिल्ला अस्पतालमा उपचारको लागि पठाइएको छ ।

ट्याक्टरमा ४४ जना भन्दा बढी सवार रहेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com