२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

भारतमा निर्यात हुन थाल्यो नेपाली सिमेन्ट

भारतमा निर्यात हुन थाल्यो नेपाली सिमेन्ट

काठमाडौँ । नवलपरासीको एक सिमेण्ट उद्योगले सिमेन्ट भारतमा निर्यात सुरु गरेको छ । पश्चिम नवलपरासीको सुनवल–७ मा रहेको पाल्पा सिमेन्टले आफ्नो उत्पादन पहिलोपटक भारत निर्यात गर्न सुरु गरेको हो ।

पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले शुक्रबारदेखि तानसेन सिमेन्ट भारततर्फ निकासी गरेको छ । उद्योगले एक औपचारिक समारोहको आयोजना गरी भारततर्फ सिमेण्ट निर्यातको शुभारम्भ गरेको हो ।

उद्योगका प्रमुख अतुल डाल्मियाले सिमेण्टमा आत्मनिर्भर बनाउनुका साथै निर्यात गर्ने उद्देश्यले स्थापित उद्योगले उत्पादन बढाउँदै भारततर्फ निर्यात सुरु गरेको बताए।

उनले आज ७ ट्रक सिमेन्ट भारत पठाएको बताउदै माग अनुसार दैनिक भारत निर्यात बताए । पाल्पा सिमेन्टले दैनिक १८ सय टन उत्पादन गर्दै आएको जनाएको छ । सुनवल नगरपालिकाकी प्रमुख बिमला अर्यालको सिमेन्ट भारत निर्यातको शुभारम्भ गरेकी थिइन्।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com