२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि गठबन्धन कायमै रहने :अध्यक्ष नेपाल

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि गठबन्धन कायमै रहने :अध्यक्ष नेपाल

बुटवल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले स्थानीय तहको निर्वाचनमा केही बेफाइदा र कमी–कमजोरी रहेपनि प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पनि पाँच दलीय गठबन्धन कायमै रहने दाबी गरेका छन् । शनिबार समाजवादी प्रेस संगठन, रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

कमी–कमजोरी रहेपनि गठबन्धन समयको माग भएको बताउँदै उनले भनेका छन्, ‘पाँच दलीय गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा जाँदा समाजवादी पार्टीले सफलता प्राप्त गरेको छ । जिल्ला समन्वय समितिमा पनि पुग्न सकिएको छ । राम्रो कुरालाई राम्रो भन्न सक्नुपर्छ । गठबन्धन आवश्यक छ ।’

यसका साथै अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा मतपत्रका कारण धेरै मत बदर भएपनि समाजवादीले ९ लाख २७ हजार मत प्राप्त गरेको बताए । गठबन्धन कुर्दा स्थानीय तहमा ४० प्रतिशत स्थानमा मात्रै उमेदवारी दिएको उल्लेख गर्दै अध्यक्ष नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन हुन नसक्ने क्षेत्रमा समाजवादी एक्लै चुनावमा होमिने पनि बताए ।

त्यस्तै अध्यक्ष नेपालले जनताबाट जनमत लिएर जितेका जनप्रतिनिधि जनतामुखी र जवाफदेही हुनुपर्ने बताए । उनले भनेका छन्, ‘पद लिएका व्यक्तिको आनीबानी, संस्कार र काम गराइको शैली परिवर्तन आवश्यक छ । हाम्रोमा सुरु भएको छ ।’

अध्यक्ष नेपालले आफूलाई प्रधानमन्त्री बनाइदिन भनेर कसैकहाँ नजाने पनि बताएका छन् । अध्यक्ष नेपालले गठबन्धन सरकार बनाउने बेलामा आलोपालोमा आफूलाई प्रधानमन्त्री बनाउने सहमति भएको संकेत गर्दै यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘कसैलाई प्रधानमन्त्री बन्छु भनेर भन्न जान्नँ, पदको लोभ पनि छैन । अहिले सरकारमा कसरी जाने भन्ने भन्दा निर्वाचनमा कसरी जाने भन्ने तयारी आवश्यक छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com