२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

श्रीलंकाका राष्ट्रपति सरकारी निवास छाडेर फरार

 

काठमाडौँ । श्रीलंकाका राष्ट्रपति गोटाबया राजापाक्षा सरकारी निवास छाडेर फरार भएका छन् । राजधानी कोलम्बोस्थित निवासलाई प्रदर्शनकारीले घेरा हालेपछि राष्ट्रपति राज्यपक्षका फरार भएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

श्रीलंकाको आर्थिक संकटलाई लिएर सरकारविरुद्ध प्रदर्शनका लागि भेला भएका हजारौ प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारीहरुले राष्ट्रपति निवासलाई घेर्न पुगेका थिए ।

बस, रेल र ट्रकमा भरिएका हजारौं प्रदर्शनकारीहरू आफूहरुलाई देशको आर्थिक संकटबाट बचाउन नसकेको भन्दै कोलम्बोको सडकमा उत्रिएका थिए ।

कालो झण्डा र राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीहरूले राष्ट्रपतिविरुद्ध नाराबाजी गरेका थिए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com