२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

श्रीलङ्काको राष्ट्रपति निवासमै प्रवेश गरे प्रदर्शनकारी, राष्ट्रपति भागे

श्रीलङ्काको राष्ट्रपति निवासमै प्रवेश गरे प्रदर्शनकारी, राष्ट्रपति भागे

एजेन्सी । श्रीलङ्कामा राष्ट्रपति गोटाबय राजपाक्षेको निवासमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन् । तर राष्ट्रपति राजपाक्षै भने निवास छोडेर अन्यत्र गएका छन् । उनलाई सुरक्षित ठाउँमा सारिएको जनाइएको छ ।
आर्थिक संकट बढेर चरम भोकमरी र अस्तव्यस्तको अवस्था आएपछि राजधानी कोलम्बोमा ठूलो भीड जम्मा भएको छ । उक्त ठूलो भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको समाचार विवरणहरुमा जनाइएको छ ।

केही वर्षयता आर्थिक अभाव झेल्दै आएको श्रीलङ्काले अहिले खाद्यान्न, इन्धन र औषधि लगायत अत्यावश्यक वस्तुकै अभावको सामना गरिरहेको छ ।

प्रदर्शनहरु दिनदिने उग्र हुँदै गएका छन् । यसै क्रममा शनिबार प्रहरीको घेरा र अवरोधहरु तोडेर प्रदर्शनकारीहरु राष्ट्रपति गोटाबयको सरकारी निवासमा प्रवेश गरेका हुन् । केही प्रदर्शनकारीहरू राष्ट्रपति भवनको पर्खालमा चढेर भित्र प्रवेश गरेका थिए । उनीहरूले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन् ।

देशैभरिबाट प्रदर्शनकारीहरु राजधानी कोलम्बोमा भेला भएका छन् । शुक्रबारदेखि नै देशभरबाट कैयौँ विद्यार्थी सङ्गठनका प्रतिनिधिहरू र शनिबार थप ठूलो सङ्ख्यामा सवारी साधनहरू कोलम्बो प्रवेश गरेको बताइएको छ ।

सुरक्षा चुनौती बढेपछि हजारौँ प्रहरी र सैनिकहरू परिचालन गरिएका छन् । राष्ट्रपतिमाथि आक्रमण हुन सक्ने भन्दै सुरक्षित स्थानमा सारिएको हो । प्रहरीले भीड तितरबितर गर्न हवाइ फायर र अश्रुग्यास चलाएको छ । प्रदर्शनका क्रममा कैयौँ मानिस घाइते भएको र उनीहरुलाई अस्पताल लैजाँदै गरेको भिडियो फुटेजहरु बाहिर आएका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com